कपुत जन्मेपछि …
काठमाडौं, ४ भदौं । जाजरकोट, लैखमका बुद्धिबहादुर खत्रीले ६५ वर्षिया आफ्नै आमा देउमति खत्रीलाई हत्या गरी खाडलमा पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । बुद्धिले साउन २२ गते देखि आफ्नो आमा हराएको बताउदै प्रहरीलाई हुलिया सहित निवेदन समेत दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले बुद्धीको व्यवहार शंकास्पद देखेपछि निगरानीमा राखेको थियो । सासुको नाममा रहेको घर जग्गा आफ्ना नाममा गराउन बुद्धिकी श्रीमती ३५ वर्षिया शर्मिला खत्रीले बारम्बार श्रीमानलाई दबाब दिदै आएको बुझिएको छ ।
तर, सम्पत्ति शर्मिलाको नाममा गराउन आमा देउमति राजी नभएपछि आमालाई नै मार्नुपर्ने निश्कर्षमा पुगेको बुद्धीले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् । हाल बुद्धी र उसको श्रीमती शर्मिला दुबै प्रहरीको नियन्त्रणमा रहेका छन् ।