युवती बन्धक बनाउने प्रहरीको फन्दामा

२०७३ भाद्र ५ गते, आईतवार

काठमाडौं, ५ भदौ । नवलपरासी कावासोती नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने १९ वर्षीया रोशनी पौडेललाई बन्धक बनाई राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाबहिल बस्ने २६ वर्षीय आशिष ओझा, ललितपुर हरिसिद्धि बस्ने २० वर्षीया शर्मिला रावत र कोटेश्वर महादेवस्थान बस्ने २६ वर्षीय ऋषि रञ्जन रहेका छन् ।
उनीहरुले पौडेललाई शनिबार राति ऋषि रञ्जनको घरमा बन्धक बनाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कोठाको झ्यालबाट हाम फाली घर पछाडी लुकीरहेको अवस्थामा पीडित महिलालाई फेला पारेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]