धर्म परिवर्तन गराउन खोज्ने पक्राउ

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौँ, ८ भदौ । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनुसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आफू आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार