ओबामाद्वारा बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सहयोग गर्ने बचन

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौँ, ८ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत महिना अमेरिकाको लुजियानामा गएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।अवलोकनमा क्रममा ओबामाले बाढीमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएका छन् ।
अवलोकनकै क्रममा उनले गतमहिना मारिएका काला ब्यक्ति एलटन स्टर्लिङको परिवारजनसँग पनि भेटघाट गरे । स्टर्लिङ गत महिना प्रहरीको गोली लागि मारिएका थिए ।
यसअघि अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चार दिनअघि लुजियानाको भ्रमण गरेका थिए । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि ओबामा ट्रम्पभन्दा पनि ढिलो आएको भन्दै केही बाढी प्रभावितहरुले ओबामाको आलोचनासमेत गरेका थिए । लुजियानामा गत अगष्टमा आएको बाढीमा १३ जनाको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]