भदाै १६ र १७ गते शैक्षिक हड्ताल

२०७३ भाद्र १३ गते, सोमबार

काठमाडौं, १३ भदौ । नेकपा (माअाेवादी) निकट अखिल (क्रान्तिकारी) मकवानपुरले भदाै १६-१७ गते शैक्षिक संस्था हड्तालकाे घाेषणा गरेकाे छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रेम शाहीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा साे घाेषणा गरेकाे हाे । शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कालाेमाेसाे दलेकाे अाराेपमा शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ । साेमबार पत्रकार सम्मेलनकाे अायाेजना गरी अखिल क्रान्तिकरीले उक्त कालाेमाेसाे घटनामा शाहीकाे संलग्नता नभएकाे बताउँदै तत्काल रिहा गर्न माग गर्दै अाएकाे बताएको छ । संगठनका कमवानपुर इन्चार्ज प्रल्हाद गाैतमले भदाै १५ गते प्रचार प्रसार गर्ने र १६ र १७ गते जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]