४० थान डेटोनेटरसहित पक्राउ

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौं,१५ भदौ । दाङ जिल्लाको बिजौरी–९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विस्फोटक पदार्थ डिटोनेटरसहित मङ्गलबार दाङबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार पुनले घरमा अवैध विस्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा निजलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको हो । पक्राउ परेका पुनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी प्रमुख सिंहले बताए ।
यसैबीच, हतियार देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा छिल्लीकोटकै ३३ वर्षीय धनबहादुर पुनलाई मङ्गलबार प्रहरीले लमहीबाट पक्राउ गरेको छ । गत असार ८ गते जबर्जस्ती करणी गरी कतै भनेमा ज्यान नै मार्ने धम्की दिएर फरार रहेका धनबहादुरलाई लमहीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सिंहले बताए ।
पक्राउपछि हतियारबारे नीजलाई सोधखोज गर्दा सोही ठाउँका २२ वर्षीय कमल ओलीलाई राख्न दिएको भन्ने बयान दिएपछि मङ्गलबार नै प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउन्ड गोलीसहित कमल र अन्य एक व्यक्तिलाई पनि पक्राउ गरेको सिंहले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार