नेपाली भूमिमा भारतीय बस्ती !
काठमाडौं, १८ भदौ । भारतीयले सुनसरीको दक्षिणी क्षेत्र साहेबगञ्ज गाविसमा घरटहरा निर्माण गरी बस्ती बसाल्न थालेपछि स्थानीय आक्रोशित भएका छन् । नेपाली भूमि अतिक्रमण गरी बसाएको उक्त बस्ती तत्काल हटाउन स्थानीयले सरकारसँग आग्रह गरेपनि सरकारले चासो नदेखाएको भन्दै स्था चर्को आलोचना गरेका छन् । साहेबगञ्ज गाविसको नेपाली भूमिसहित दश गजा क्षेत्रमा भारतीयहरुले ३० भन्दा बढी घर बनाएर बस्ती बसाएका हुन् ।
भारतीयले बस्ती बसाएपछि साहेवगञ्ज, कप्तानगन्जलगायतका सीमावर्ती गाविसमा भारतीय डाँकाको आतंकसमेत बढेको छ । सुनसरीको श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्किी, बसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज सिनुवारी गाविसको सयौं विघा जमिन अतिक्रमण गरी भारतीय पक्षबाट पाँच सयभन्दा बढी घर बनाएर बस्ती बसाएका हुन् । ती स्थानबाट उनीहरुलाई हटाउनेबारे छलफल भइरहेको नापी विभागका प्रमुख सुशील डंगोलले बताएका छन् ।