प्रहरी र लुटेराबिच गोली हानाहान

२०७३ भाद्र २३ गते, बिहीबार

काठमाडौ, २३ भदौ । काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबिच गोली हानाहान भएको छ । बलम्बु नकिकै बौथली चोकबाट प्रहरीले पैसा राख्ने सेफसहित टाटासुमोलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि सेफ छोडेर भागेका चार जना लुटेरा र प्रहरीबिच गोली हानाहान भएको डिआइजी कृष्ण पंगेनीले बताए । प्रहरीले काठमाडौंबाट रौतहट चल्ने ना १ ज ३९४८ नम्बरको टाटासुमो र सेफ नियन्त्रण्मा लिएको बताएको छ । डिआइजी पंगेनीले भागेका लुटेराको खोजी भइरहेको बताए । सेफ कसको हो भन्ने थाहा हुन नसकेको डिआइजी पंगेनीको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार