महन्थ ठाकुरको घरमा लुटपाट

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा. मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एकजना केटामात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घरमा प्रवेश गरी छोरी डा. मीनाक्षीको आँखामा खुर्सानी दलेपछि प्रतिकार गर्न खोज्दा धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ । हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण बर्जाचार्यले जनकारी दिए । आक्रमण गरेलगत्तै नकाबधारी उक्त व्यक्ति अध्यक्ष ठाकुरको कोठामा पसेर कालो ब्रिफकेस लिएर फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए । प्रहरीले चारओटै नाका बन्द गरी कुकुरसहितको टोलीले फरार व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार