झारपातबाट बिजुली !

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । रौतहटको कनकपुर गाविसस्थित सिम्री गाउँमा झारपातबाट बिजुली बत्ती बालिएको छ । जिल्ला विकास समिति गौर, गरिबी निवारण कोष र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ग्यासिफायर प्लान्ट प्रविधिबाट जंगलमा खेर गइरहेका झारपात र काठदाउराका टुक्रा प्रयोग गरी बिजुली बत्ती निकालिएको हो । रौतहटको चारकोसे जंगलको बीचमा रहेको यो गाउँका बासिन्दा बिजुली उत्पादन र आपूर्ति हुन थालेपछि खुसी भएका छन् ।
करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो प्लान्टबाट उत्पादित बिजुली २ सय ५० घरधुरीमा वितरण गरिने भएको छ । खेर गइरहेको झारपात, दाउराका टुक्रा, भुसालगायतका सामाग्री प्रयोग गरेर बिजुली उत्पादन हुने उक्त प्लान्टबाट २० किलोवाटको बिजुली उत्पादन भएको छ । विद्युत् केन्द्रका सन्चालक उमाशंकर चौधरीले सो प्रविधिबाट विद्युत् निकाल्न केही झन्झटिलो भएपनि उपभोक्तालाई राहत दिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]