माओवादीद्वारा देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस
काठमाडौं, २७ भदौ । नेकपा (माओवादी)ले खाद्यन्नमा आत्मनिर्भर बनाउन तथा काला बजारियाको कारवाहीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । माओवादीले सबैखाले दैनिक उपभोगका खाद्य वस्तुको अहिलेको बजार मूल्यमा पचास प्रतिशत घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापन पत्रमा दशैं, तिहार जस्ता ठूला चाडमा उपभोक्ताले दैनिक उपभोग गर्ने आधारभूत खाद्यन्नमा चरम महंगी बढेको, भ्रष्टचारी मौलाएको तथा कालाबजारियाका कारण खाद्यने कृत्रिम अभाव सिर्जना गराई उपभोक्तालाई ठूलोमा मारमा पारिएको भन्दै तत्काल महंगी नियन्त्रण गर्नु माग गरिएको छ ।