‘सेल्फी एक्सपर्ट अप्पो एफ १ एस’ बजारमा
काठमाडौं,२९ भदौ । विश्वको चौथो दाबी गरिएको स्मार्टफोन ब्रान्ड अप्पो नेपाली बजार भित्रिएको छ । अप्पो नेपालले एक कार्यक्रम गरी अप्पोको मोबाइल सेल्फी एक्सपर्ट अप्पो एफ १ एस सार्वजनिक गरेको हो । साढे ५ इन्च स्क्रिन साइज, ३ जीबी र्याम, ३२ जीबी रोमसहितको मोबाइलमा अक्टा कोर प्रोसेसर रहेको जनाइएको छ ।
फ्रन्ट क्यामेरा १६ मेगापिक्सेल, तथा ब्याक क्यामेरा १३ मेगापिक्सेल रहेको मोबाइल सेल्फीका लागि ‘एक्सपर्ट’ साबित भएको कम्पनीको दाबी छ । मोबाइलको बजार मूल्य ३२ हजार ४ सय रुपैयाँ रहेको छ ।
कम्पनीले आगामी एक वर्षमा ५०० ओटा बिक्री स्थलहरु र ८ ओटा अप्पो स्टोरहरु स्थापना गर्ने योजना बनाएको जनाइएको छ । कम्पनीले आफ्नो सर्भिस स्टोर काठमाडौंको सिटी सेन्टरमा सन्चालन गर्ने जनाएको छ ।