दशरथ रंगशालाको सरसफाइ सम्पन्न

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौ, ३१ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसहित खेल पदाधिकारी, कर्मचारी, खेलाडीलगायतले आज विहानै दशरथ रंगशालाको सरसफाई गरेका छन् । अन्तराष्ट्रिय स्तरको रंगशालाको अवस्था अत्यन्तै फोहोर र संरचना अति कमजोर देखिएको खबर सार्वजनिक भएपछि खेलकुदमन्त्री श्रीपाइलीकै नेतृत्वमा सरसफाई गरिएको हो । भुकम्पपछि रंगाशाला मर्मत गर्नुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्ले बेवास्ता गर्दै आएको छ । रंगाशालामा प्याराफिट भरी झार उम्रिएको थियो भने मैदान र ट्रयाकमा पानीका बोतल र फोहोर देखिन्थ्यो । यस्तो अवस्थामा सुधार ल्याउन पहल आफैंले गर्नुपर्ने भन्दै रंगाशालाको सरसफाईमा आफु सहभागी भएको मन्त्री श्रीपाइलीले बताए । उनले देशको गरिमा र पहिचानसँग जोडिएको रंगशालालाई दुरवस्थामा पु-याउने र कतिपय भौतिक संरचना चोरी गर्नेलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार