गीति एल्बम ‘आउँछु हावा सरी’ सार्वजनिक

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौं, ३१ भदौ । गायक तथा मोडल विनोद भण्डारीको अभिनय तथा निर्देशनमा रहेको लोक दोहोरी गीति एल्बम ‘आउँछु हावा सरी’ सार्वजनिक भएको छ । बसन्त फिल्मको प्रस्तुतिमा बजारमा आएको एल्बममा विनोद भण्डारीको शब्द रहेको छ भने मेक्सोम खाती र सम्झना भण्डारीको स्वर रहेको छ । बाध्यताले विदेशीएको प्रेमी र गाँउमा रहेकी प्रेमिका बीचको कथात्मक गीतको लय संकलन नरेश खातीले गरेका हुन ।
पछिल्लो समय निर्देशनमा जम्दै गरेका भण्डारीका हालसम्म तीनवटा दोहोरी गीतको एल्बम बजारमा आएका छन । गायन, शब्द लेखन, लय संकलन, निर्देशन साथै छायाकंनमा समेत दक्षता राख्ने भण्डारीले आउँछु हावा सरी लगतै दिपावलीको अवसरमा ‘बहिनी’ नामक लोक दोहरी गीतको एल्बम बजारमा ल्याउने जानकारी दिए ।
आउँछु हावा सरीको भिडीयो समेत युटयुबमा चर्चित बन्दै गएको छ । एकै दिनमा दश हजारले हेरेको गीतमा विनोद भण्डारी र अपेक्षा लिम्बुको अभिनय रहेको छ । जापानका रमणिय स्थानमा छायाकंन गरिएको भिडीयोको निर्देशन समेत भण्डारीले नै गरेका छन

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार