अस्थायी शिक्षकद्वारा व्यवस्थापन प्रक्रिया बहिस्कार

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौँ, ४ असोज । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा आफूहरु सामेल नहुने जनाएका छन् । अध्यक्ष कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने बताए । “ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा आन्तरिक प्रतियोगितामा सामेल हुने उल्लेख छ” उनले भने , “तर हामीलाई ऐन विपरीत आयोगले विज्ञापन खोल्नु अगाडि नै आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न भनेको छ । यो हामीलाई मान्य छैन ।”
शिक्षा विभागले गत बुधबार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’मध्ये एक रोज्न आग्रह गर्दै यही असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेको छ ।
अध्यक्ष कुँवरले आफूहरुका माग अनुसार विभागले व्यवस्थापन गर्न नथालेको भनी आपत्ति जनाए । “अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी गराउनुपर्ने र प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र उपदान सुविधा दिनुपर्ने तथा प्रतियोगिताबाट स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्ने हाम्रो माग हो” उनले भने – “तर त्यस मागलाई पनि व्यवस्थापन प्रक्रियाले सम्बोधन गरेको छैन ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार