सप्तकोशीमा डुंगा चलाउन प्रतिबन्ध

२०७३ आश्विन ५ गते, बुधबार

काठमाडौं, ५ असोज । पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो । सुनसरीको श्रीलंका टापुमा शनिबार प्रकाशपुर गाविस आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बर्सेनि दर्जनौंको ज्यान जाने गरी सप्तकोसी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउने भएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]