अनिश्चितकालीन खानेपानी आपूर्ति बन्दको घोषणा
काठमाडौँ । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै खाने पानी संयूक्त संर्घष्ासमितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विहीबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरी संर्घष्ासमितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरूमा चक्काजाम, कोणसभा देखि खाने पानी आपर्ूर्ति बन्द गर्ने सम्मका रहेका छन् । घोषित कार्यक्रम अनुसार जेष्ठ २६ गते आइतबार उपत्यका खानेपानी व्यबस्थापन बोर्डमा १ घण्टा धर्ना दिने, २८ गते उपत्यका खानेपानी व्यबस्थापन बोर्डमा २ घण्टा धर्ना दिने, ३० गते उपत्यका खानेपानी व्यबस्थापन बोर्डमा तालाबन्दी गर्ने, असार १ र २ गते सम्पूण् सरकारी कार्यालयमा पानी आपूर्ति बन्द गर्ने असार २ गते काठमाडौं उपत्यकामा १ घण्टा चक्काजाम गर्ने र असार ३ गतेदेखि अनिश्चितकालीन खानेपानी आपूर्ति बन्द गर्ने रहेका छन् । २० बुँदै माग राखेर आन्दोलनमा उत्रिएका व्यबसायीहरूले आफ्ना मागहरूप्रति सरकारले वेवास्ता गरेको बताएका छन् । आन्दोलनमा उपत्यका खानेपानी स्रोत तथा ट्याङकर व्यबसायी संघ, नेपाल बोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा बोरीङ व्यबसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ मूल कमिटि आबद्ध छन् ।
उद्योगीले खानेपानीमा भ्याट छुट गरिनुपर्ने, विगतका सहमति कार्यान्वयन हुनुपर्ने, खाने पानी ढुवानीमा लगाइने सबै कर मिनाहा गरिनुपर्ने, खाने पानीलाई आवश्यक बस्तुमा समाबेश गरिनुपर्ने, बन्द उद्योगहरू संचालन गरिनुपर्ने, लगायतका मागहरू अघि सारेका छन् । पत्रकार सम्मेलनमा संर्घष्ासमितिका अध्यक्ष विष्णु दाहालले आफूहरूको मागलाई राज्यले पटक-पटक वेवास्ता गरेका कारणले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले राज्यले व्यबसायीलाई मार्ने काम गरेको भन्दै जायज मागहरूलाई तत्कालै सम्बोधन गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष धर्मनन्द श्रेष्ठले पानी आपूर्ति बन्द गर्न आफूहरूको रहर नभएर बाध्यता भएको बताए । उनले व्यबसायी बाँचे मात्रै पानी आपूर्ति सम्भव हुने भन्दै आहरूका माग जायज भएको उल्लेख गरे ।