प्रहरी महानिरीक्षक समक्ष समाजमा असुरक्षा बढ्न थालेको गुनासो

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौं, ८ असोज । काठमाडौंको टुँडालदेवीमा शनिबार नागरिक र प्रहरीबीच गरिएको सार्वजनिक बहस कार्यक्रममा समाजमा फेरि असुरक्षा बढ्न थालेको गुनासो सर्वसाधारण नागरिकले गरेका छन् । सर्वसाधारण नागरिकले लुटपाट र विद्यालयहरुमा बम आतंकका कारण निर्धक्क बालबालिकालाई विद्यालय पठाउने वातावरण नभएको गुनासो प्रहरीसमक्ष गरेका हुन् । कुनै राजनीतिक दबाब वा प्रलोभनमा नपरी सुरक्षा व्यवस्था कडा गर्न उनीहरुले प्रहरीको ध्यानाकर्षण गरे ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी समाजको अभिन्न अंग रहेकाले आमनागरिकको सहयोगले समाजमा शान्ति–सुरक्षा कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘निष्पक्ष र निःशुल्करुपमा जनताको सेवा गर्नु प्रहरीको कर्तव्य हो’ भन्दै उनले कुनै प्रलोभन वा राजनीतिक दबाबमा परेर काम गर्न थालिए प्रहरी संगठनको औचित्य नै सकिने जिकिर गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु