अादर्शवादले अाफैमाथि घात गर्छ – भारत दाहाल

२०७३ आश्विन १२ गते, बुधबार

दक्षिणी चीनसागरदेखि पाकिस्तानसम्म फैलिरहेकाे तनावका संदर्भमा हामी अमेरिका र भारतकाे विपक्षमा उभिनु पर्छ भन्ने मेराे फेसबुक प्रस्तुतिलार्इ लिएर केहि मित्रहरूले याे अव्यावहारिक, ठूलासंगकाे अनावश्यक रिष्क, विना फार्इदाकाे जाेखिम अादि भन्नु भएकाे छ। उहाँहरूकाे अादर्श अादर्शवादमा सिमित राख्दा राम्रै देखिन्छ तर याे कतै पनि यथार्थपरक छैन। अादर्शवाद साधुवाद हाे, राजनीति शक्ति संङ्घर्षकाे दाउपेच हाे।
अाफू युद्धमा हारेर भाग्दा बसेकाे नेपाली भूमिलार्इ जुन देशले अाफ्नाे भनि दाबि गर्दै अाएकाे छ, प्रजातन्त्रका लागि सहयाेगकाे मुकुण्डाे भिरेर जुन देशले सिक्कीमकाे अस्तित्व हरण गरेकाे छ, जनसंख्या अतिक्रमण गरेर जुन देशले फिजीलार्इ अशान्त बनाएकाे छ, कुनै बिराउँ नगर्दा नगर्दै जुन देशले हाम्राे तरार्इमा पृथकतावादलार्इ संगठित गरेकाे छ र जुन देशले नागरिकताका लागि दबाब दिएर श्रीलंकामा ३ दशकसम्म पृथकतावादी युद्ध चलाएकाे थियाे म त्याे साम्राज्यवादी देशकाे कुरा गर्दैछुँ।
साम्राज्यवादलार्इ अपराध गर्न कुनै कारण चाहिन्न, त्यसकाे अाफ्नाे रणनीति हुन्छ। इराकमा रासायनिक हतियार छैन भन्ने कुरा अाफैले प्रमाणित गरेपछि नै अमेरिकाले हमला गरेकाे थियाे। पाकिस्तानबाट बंगलादेश अलग गर्न सेना पठाउँदा पाकिस्तानले भारतमाथि हमला गरेकाे थिएन। नेहरू र इन्दिरा डक्ट्रीनबारे यहाँहरू सबैलार्इ थाहा हाेला। अारएसएसकाे घाेषणा पत्रमा अहिले पनि भारतकाे उत्तरि सिमाना हिमालय पर्वत श्रृंखला हाे भनेर लेखिएकाे छ।
यस्ताे दुष्ट देश युद्धमा विजय भयाे भने के हुन्छ ? यसकाे एकमात्र उत्तर हाे, दक्षिण एशियाकाे नक्शा १ महिना पनि रहन्न। त्यसमा पनि नेपालकाे भूराजनीतिमा हस्तक्षेप गर्ने पश्चिमाहरू र भारतकाे निशाना क्रमसः चीन र नेपाल हुन्। नेपालकाे प्रायाेजित संकटकाे यथार्थ पाटाेलार्इ बिर्सिदिएर हामी अादर्शवादका गित गाउँ र अाफ्नाे घाँटीमा तरबार थापाैं ? साम्राज्यवादीहरू अादर्शमा चल्ने भए हाम्राे देशकाे हालत यस्ताे के कारणले भएकाे हाे ?
याे अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलार्इ अाफ्नाे परक्षमा पार्नु पर्छ भन्ने तर्क हाे, कसैकाे पक्ष र विपक्षकाे प्रश्न हाेर्इन। शक्ति सन्तुलन अाफ्नाे पक्षमा राख्न खाेज्दा पक्षधरताकाे कुरा अगाडि अाउँछ। अहिलेकाे विश्वमा असंलग्नताका सबै सांगठनिक संरचनाहरू भत्किसकेका छन्। बढ्दाे द्विपक्षिय ध्रुविकरणमा हामी एउटा पक्षमा नउभिर्इ रहन सक्ने अवस्था नै छैन। निश्चित रूपमा हामी हाम्राे विराेधि पक्षकाे विराेधमा उभिनुपर्छ।

प्रतिक्रियाहरु

[anycomment]