अप्टिकल फाइबर बिछ्याउने जिम्मा टेलिकमलाई
काठमाडौं, १३ असोज । मध्यपहाडी (पुष्पलाल)मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सन्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सोसम्बन्धी सम्झौतामा बुधबार सूचना तथा सन्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसन्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।
दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमिटर दूरीमा उच्चक्षमताकोे ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सन्चालन र मर्मत गर्ने उल्लेख छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब रु ४.८८ अर्ब लाग्ने अनुमान छ ।