फेसबुकमा अश्लिल कमेन्ट गरे प्रहरी फन्दामा
काठमाडौं, १४ असोज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ । ‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्याउने खालका कमेन्ट कोही कसैबाट नहुन/नगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ । यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।