पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की

२०७३ आश्विन १५ गते, शनिबार

काठमाडौं, १५ असोज । पाकिस्तानका प्रमुख चलचित्र हलहरुले भारतीय चलचि प्रदर्शन रोकेका छन् । भारत र पाकिस्तानबीच जारी तनावपछि चलचित्र हलहरुले यसलाई देशको सैन्यबलको समर्थनमा चालिएको कदम बताएका छन् । भारत प्रशासित काश्मीरको उडी सेक्टरमा भएको चरमपन्थी आक्रमणमा भारतीय सैनिकको मृत्यु र भारतीय सेनाको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीपछि दुवै देशबीच तनाव चलिरहेको छ।
भारतीय चलचित्र निर्माताहरुको संगठनले पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाएको एकदिनपछि पाकिस्तानी चलचित्र हलहरुले यस्तो निर्णय गरेका हुन् ।
पाकिस्तानको चर्चित सिनेमा घर चेन सुपर सिनेमाले २९ सेप्टेम्बरमा आफ्नो फेसबुक पेजमा भनेको छ–पाकिस्तानी सेनाको समर्थनमा आफ्ना सबै सिनेमाघरहरुमा तत्काल भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।
फेसबुक पोस्टमा भारतीय सिने सामग्रीसँग सम्बन्धित सीडी, डीभीडी विक्रीमा समेत रोक लगाउन आव्हान गरिएको छ। यस्तै लाहोर हाइकोर्टमा याचिका दायर गर्दै पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगायन मागसमेत गरिएको छ। भारतमा पनि पाकिस्तानी कलाकारको विरोध भइरहेको छ। महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छोड्न धक्की दिएको छ।
यसैबीच बलिउडका चर्चित अभिनेता सलमान खानले पाकिस्तानी कालाकारको बचाउ गर्दै पाकिस्तानी ‘कलाकार आतंकवादी’ नभएको बताएका छन् ।
यो अभिव्यक्तिसँगै सलमान खानको समेत आलोचना भइरहेको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]