फेसबुकमा विदेशी युवकको पछि लाग्दा…

२०७३ आश्विन १५ गते, शनिबार

काठमाडौ, १५ असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ ।
फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् । उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए । उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ । उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए ।- नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]