भारत र पाकिस्तानबीच तनाव बढ्दै

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६ असोज । भारत र पाकिस्तानका सेना एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि तनाव बढ्दै गएको छ । जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ ।
पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको आरोप लगाए ।
भारतले गोलाबारी गरेपनि त्यसको जवाफ पाकिस्तानी सेनाले दिएको उहाँको भनाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यस क्रममा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले बताएको छ । नियन्त्रण रेखामा सन् १९७१ देखि लागु भएको युद्धविरामको संयुक्त राष्ट्रसंघले अनुगमन गर्दै आएको छ । राष्ट्रसंघको अनुगमन टोलीले पनि सर्जिकल स्ट्राइक वा युद्धविराम उल्लंघन भएको नदेखिएको बताइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]