दोस्रो श्रीमती खोजिदिने वेभसाइट !

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६ असोज । पाकिस्तानी मुलका ब्रिटिश उद्यमी ३३ वर्षीय आजाद चायवालाले एकभन्दा बढी विवाह गर्नेहरुका लागि मैचमेकिंग साइट बनाएका छन् । बहुविवाह गर्न इच्छुकहरुका लागि यो अलि बेग्लै प्रकारको साइट हो । उनले विशेषगरी मुस्लिम समुदायलाई ध्यानमा राखेर सन् २०१४ मा secondwife.com र त्यसपछि polygamy.com बनाएका हुन् ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चायवालाका अनुसार अहिले यो साइटका हजारौ सदस्य बनिसकेका छन् । यद्यपि बेलायत र अमेरिकामा बहुविवाह अपराध हो । तर अधिकांश रजिस्टर्ड युजर यही देशका छन् । भारत, पाकिस्तान वा एसिया र अफ्रिकी देशका नागरिक पनि यो साइटमा प्रवेश गर्ने गरेका छन्, जहाँ बहुविवाहलाई कानुनी मान्यता प्राप्त छ । यद्यपि यो साइटको सहयोगमा कतिले बहुविवाह गरे त्यसको जानकारी भने चायवालालाई छैन । चायवालाले आफूलाई १ सय भन्दा बढी पत्रमा बहुविवाहको मार्गदर्शनका लागि धन्यवाद आएको बताए ।
चायवाला संकीर्णता, बेश्यावृत्ति, सम्बन्ध विच्छेद र परिवारलाई बर्वाद हुनबाट बचाउनका लागि बहुविवाहलाई उचित मान्दछन् । उनी बहुविवाहलाई अनैतिक सम्बन्ध अन नाइट स्टैन्डभन्दा उचित भएको उनको दावी छ। उनले भने–म त भन्छु दुई वा तीन वटी विवाह गर, तर आफ्नी श्रीमतीप्रति इमान्दार बन ।
यो साइटमा प्रोफाइल बनाउनका लागि कुनै शुल्क लाग्दैन । तर प्रोफाइल फोटो ब्राउज गर्नका लागि मेम्बरशिप लिनुपर्नेछ, जसका लाग महिनाको फि २० डलर वा तीन महिनाको ४५ डलर तिर्नुपर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]