कलाकार किम होटलमै लुटिइन्
काठमाडौं, १७ असोज । अमेरिकाकी चर्चित कलाकार एवं रियलिटी टीभी स्टार किम कार्दशियन वेस्ट पेरिसमा लुटिएकी छन् । उनलाई पेरिसस्थित होटलको कोठामै दुई जनाले बन्दुक देखाएर बन्धक बनाइ लुटेका हुन् । न्युयोर्कमा मिडोज फेस्टिबलमा भाग लिइरहेका उनका श्रीमान रैपर कान्ये वेस्टले जब यो खबर पाए तब उनी मञ्चबाटै कार्यक्रम छाडेर हिडेका थिए ।
किम कार्दशियनका प्रवक्ताले संचार माध्यमसँग भने–पेरिस होटलको जुन कोठामा किम कार्दशियन बसेकी थिइन, त्यहाँ प्रहरी पोशाकमा दुई जना हतियारसहितका नकावधारी प्रवेश गरेर किम कार्दशियनलाई बन्धक बनाए ।
प्रवक्ताका अनुसार किम घटनापछि स्तब्ध बनेकी छन् । पेरिस प्रहरीका एक अधिकारीले घटना पुष्टि गर्दै किम लुटिए पनि उनीमाथि कुनै शारीरिक नोक्सानी नभएको र घटनाको छानविन भइरहेको बताए । – एजेन्सी