बुद्ध अस्थिधातु प्राप्त

२०७३ आश्विन १७ गते, सोमबार

काठमाडौं, १७ असोज। नेपाललाई भगवान बुद्धको दुईओटा पवित्र अस्थिधातु थाइल्यान्ड सरकारबाट प्राप्त भएको छ । थाइल्यान्डका धार्मिक गुरु संघराजबाट चारुमति विहारका प्रमुख भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई सो अस्थिधातु प्राप्त भएको हो । भिक्षु तपस्सी धम्मलाई प्राप्तअस्थि धातुलाई काठमाडौं, चाबहिलमा रहेको २३ सय वर्ष पुरानो चारुमति चैत्य परिसर रहेको विहारमा कात्तिक ७ गते विधिवतरुपमा प्रतिस्थापन गर्ने जनाइएको छ ।
भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ ‘वर्ल्ड फिलोसिप अफ बुद्धिस्ट युथ’ संस्थामा उपसभापति पदमा निर्वाचितसमेत भएका छन् । सेप्टेम्बर २८ मा थाइल्यान्डमा भएको सो बुद्धिस्ट युथको १९औं अन्तर्राष्ट्रिय सम्मेलनमा तपस्सी धम्म र तामाङ उपसभापति पदमा निर्वाचित भएका हुन् । सो संस्थाको नेपालस्थित क्षेत्रीय कार्यालय चारुमति विहारमै रहनेसमेत निर्णय सम्मेलन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु