दशैं – इन्द्र थेगिम

दशैं किन आउँछ दु:खको घाउ बल्झाउन घरिघरी।
राती मस्त निन्द्रा मा पनि ऐठन मार्न आउँछ उस्तैगरी ।
तिर्छु भन्दै ३ महिना भईसक्यो घरभाडा तिरौं के गरि ?
बिहान् सांझ छाक टार्न जोइपोई खटिएकै छौं मरिमरी ।
छिमेक मा दिनहुँ जस्तो काट्छन् बंगुर, कुखुरा, रांगो र खसी ।
लुम्रे र झुम्री मेरा सन्तान थुक् निल्दै हेररिरहन्छन् छेवैमा बसि ।
भतभती पोल्छ मेरो मन् कैले सम्म भोग्न पर्ने हो यो दुर्गती ।
धिकार्न मनलाग्छ आफैलाई गरिब हुनुमा भुराहरुको के गल्ति ?
दिनमा बोनिबुतो गरि ल्याउछु म, बिदेशमा हड्डी घोट्छन् वहाँ ।
एकफेरो सारिचोला फेर्न त के कापी कलम किन्नै पुग्दैन यहाँ ।
जडौरी ले नै टार्दैछौं दशैं अरुको जस्तो हाम्रो दिन कहाँ।
कोहि हुन्नन् आफ्ना भएपनि मलम पट्टि लगाउंछन् अन्तै जहाँ ।
धनी गरिब सबैको दशैं हो, मान्नै पर्यो सिठोपिठो खाएपनि ।
ओंठ मा मुस्कान देख्नु छ यी बबुराहरुको जसरी पनि ।
रातदिन जोहो गरेर एक धार्नी मासु र भातमा रमायौं हामी पनि ।
हरेक दु:ख भित्रै लुकेको छ हामी सबैको सुख भनी ।