लोकमानको घरमा सर्वोच्चको म्याद टाँस

२०७३ आश्विन १९ गते, बुधबार

काठमाडौँ, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतको टोलीले म्याद (सूचना) टाँस्न हिँडेको छ । कार्कीको नयाँ बानेश्वरस्थित घरमा अदालतलको विशेष टोली म्याद टाँस्न गएको हो । आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै उनलाई सूचित गर्न घरमै गएर म्याद टाँस्ने निर्णय गरेको हो । टाँस्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रहोबरमा मुचुल्का उठाइने छ । सचिवको रहोबरमा म्याद टाँस गरेपछि उक्त म्याद कार्कीले नै बुझे सरह हुनेछ ।
आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गरेका छन् । अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]