पाथीभरामा भक्तजनको भीड
काठमाडौ,२० असोज । ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा देवीको दर्शन गर्नेको चाप ह्वातै बढेको छ । नवरात्र भर देविको पुजा आरधनाहुने भएकाले पाथिभरामा तिर्थयात्रीको चाप बढेको हो । पाथीभरा देवीको दर्शन गर्न अहिले राजधानी काठमाडौं लगायत ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर तथा भारत भारतको बिभिन्न ठांउबाट दर्शनार्थी आउने गरेका छन् । पाथिभरा देविको दर्शन र पुजा गरेको मनोकाक्षां पुरा हुने विश्वास रहेको छ ।