मापसे गरी सवारी चलाए कारबाही

२०७३ आश्विन २३ गते, आईतवार

काठमाडौं, २३ असोज । मादकपदार्थ सेवन गरेर सवारी–साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले कडा कारबाही गर्ने भएको छ । चाडबाडमा दुर्घटना नहोस् भनेर दसैंको समयमा ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको हो ।
चाडबाडको समयमा मादकपदार्थ सेवन गर्नेको संख्या बढ्ने र दुर्घटना पनि बढ्नसक्ने भन्दै ट्राफिक प्रहरीले ‘मापसे’ गरी सवारी चलाउनेलाई कडा कारबाही गर्ने जनाएको छ । दसैंको समयमा प्रहरीले आफ्नो ‘ड्युटी’ समयलाई पनि बढाएको ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेंथुले बताए ।
ट्राफिक प्रहरीले सर्वसाधरणको यात्रालाई सहज बनाउनको लागि चोकचोकमा सहयोगकक्ष पनि राखेको छ । अन्य समयमाभन्दा राजधानीका विभिन्न चोकमा ट्राफिक प्रहरीले उपस्थिति पनि बाक्लो बनाएको छ । चाडबाडमा मापसे गर्नेहरुले सडकमा जथाभावी सवारी–साधन चलाउने भन्दै ट्रााफिक प्रहरीले उनीहरुमाथि निगरानी बढाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]