निर्वाचन सम्बन्धि १ सय ३० वटा कानुन बन्न बाकी

२०७३ आश्विन २६ गते, बुधबार

काठमाडौ, २६ असोज । निर्वाचन सम्बन्धि कानुनहरु बन्न अझै कम्तिमा डेड महिना लाग्ने भएको छ । चैतमा गर्ने भनिएको स्थानिय निकायको चुनाव सम्बन्धि कानुन मंसिरसम्म बन्ने संसद सचिवालयले जनाएको छ । चुनावसँग सम्बन्धित केही विधेयकहरु संसदमा पुगिसकेको र केही प्रक्रियामा रहेकाले करिब एक महिनाभित्र त्यस्ता कानुनहरु पारित भइसक्ने कानुन सचिव टेकप्रसाद ढुंगानाले बताए ।
निर्वाचनका लागि आवश्यक सबै कानुनहरु मंसिरको मध्यसम्ममा पारित भइसक्ने संसद सचिवालयले जनाएको छ । निर्वाचन आयोगले भने मंसिर अघि नै कानुन बनिसकेमात्रै निर्वाचन सम्भव हुने बताएको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न विषयका १ सय ३८ कानुनमध्ये अहिलेसम्म जम्मा करिब आठवटा कानुन मात्रै बनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]