नक्कली नोट छाप्ने प्रहरीको फन्दामा

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौ, २८ असोज । प्रहरीले रुकुम गोतामकोट ९ का ३४ वर्षिय जुनवहादुर वोहोरालाई नक्कली नोट छाप्ने काममा संलग्न भएको भन्दै पक्राउ गरेको छ । सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटल संचालन गर्दै आएका वोहोरालाई प्रहरीले पक्राउ गरेको हो । बोहोराका छोराले १ हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शंकाको आधारमा पसलले प्रहरीलाई खवर गरेका थिए ।
बोहोराका छोराले दिएको जानकारी अनुसार पैसा छाप्ने मेसिन, एकहजारको नक्कली नोट सहित बोहोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा बोहोराले नक्कली नोट छाप्ने काममा संलग्न भएको स्विकार गरेको डिएसपी जिसीले बताए ।
बोहोराले ३ लाख ८५ हजार नक्कली नोट जलाएको समेत स्विकार गरेको उनको भनाई छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने प्रहरीले जनाएको छ । रुकुममा यसअघि पनि नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु