कोलम्बियामा युद्धविराम अवधि लम्बिने

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौं, २८ असोज । राष्ट्रपति जुवाँ म्यानुएल सान्तोसले कोलम्बियाको सबभन्दा ठूलो सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस ९फार्क० सँग भएको युद्धविराम सम्झौताको अवधि लम्ब्याउने घोषणा गर्नु भएको छ ।
राष्ट्रपति सान्तोसले पुरानो शान्ति सम्झौताको अवधि दुई महिना थप गरी ३१ डिसेम्बरसम्म पु¥याएको स्थानीय एक टेलिभिजन प्रसारणमार्फत् घोषणा गर्नु भएको हो ।
गत महिना विद्रोही दलसँग हस्ताक्षरित शान्ति सम्झौता जनताद्वारा अनुमोदित हुनु पर्ने प्रावधान रहे अनुसार केही हप्ता अघि जनमत सङ्ग्रह सम्पन्न गरिएकोमा झिनो मतको अन्तरले उक्त सम्झौता अस्वीकृत भएको थियो ।
सम्झौता अस्वीकृत भए तापनि राष्ट्रपतिको यस घोषणाबाट अब सरकार तथा विद्रोही दुबैले सोच विचार गरी उचित उपाय अवलम्बन गर्न थप समय पाउने र मुलुकमा स्थायी शान्ति बहालि हुने आशा जागेको छ ।
जनमत सङ्ग्रहको परिणामले शान्ति सम्झौता अस्वीकृत भए पनि सो सम्झौता तत्काल लागू गर्न राष्ट्रलाई दबाव दिने उद्देश्य राखी कोलम्बियाका विद्यार्थीहरुले देशभरी आन्दोलन तथा जन प्रदर्शन गर्दै आएका थिए ।
आन्दोलनरत विद्यार्थी नेताहरुसँगको छलफल पश्चात् राष्ट्रपतिले यस्तो मध्यमार्गी उपाय अपनाउनु भएको छ ।
“जनमत संग्रहको परिणाम नै उपायरहित वा अन्तिम बिकल्प होइन भन्ने सबैलाई प्रष्ट होस् । यस वर्षको अन्त्यसम्ममा देशमा स्थायी शान्ति स्थापना भै सकोस्, युद्धको निरन्तरताबाट होइन अन्त्यबाट मात्र राष्ट्रसेवक सैनिक तथा विद्रोही गुरिल्लाको जीवनरक्षा सम्भव छ ।
शान्तिलाई स्वागत गर्ने अवसर नत्यागौं, युद्धलाई बहिष्कार गरौं यही नै समयको माग हो” राष्ट्रपतिको सो घोषणामा प्रसारण गरिएको छ ।
यस वर्षको नोवेल शान्ति पुरस्कारबाट विभूषित राष्ट्रपति सान्तोस वर्तमानमा प्रतिपक्षी दल, सशस्त्र विद्रोही तथा सरकारबीच परिणाममुखी वार्ता गराउने त्रिपक्षीय चेपुवामा पर्नु भएको छ ।
जनमत सङ्ग्रहको परिणामद्वारा अस्विकृत शान्ति सम्झौताको वलिष्ठ विकल्प र देशमा स्थायी शान्ति कायम गराउने अचूक उपायको खोजीमा उहाँ दिनरात लागिपर्नु भएको जनाइएको छ । – रासस / एपी

प्रतिक्रियाहरु

[anycomment]