माओवादी केन्द्रको राष्ट्रिय भेला मंसीर २ मा

२०७३ आश्विन २८ गते, शुक्रबार

काठमाडौं, २८ असोज । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो । ‘मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते गर्ने निर्णय बैठकले गरेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]