सौराहामा अन्तरिक पर्यटकको भीड

२०७३ आश्विन २९ गते, शनिबार

काठमाडौ, २९ असोज । गएको एक वर्षदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्रमा खुसीयाली छाएको छ । वन्द हड्ताल, बाटो जाम लगायतको कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको घुइचो लागेको छ । दशैंमा हुने लामो विदाको अवसरमा परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि जाने भएकाले पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटकको भीड लागेको व्यवसायीहरूले बताएका छन् ।
लामोसमयदेखि सुस्ताएको पर्यटन व्यवसाय अहिलेको विदाको समयमा वृद्धि भएको छ चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले भन्नुभयो । गएको वर्षको दशंै विदामा भन्दा अहिले आन्तरिक पर्यटकको सख्या वढेको छ उहाँले भन्नुभयो जिल्लाका धेरै जसो होटलहरूमा अहिले पर्यटकहरूको भीड छ । उहाँका अनुसार गएको वर्ष भन्दा अहलिे ३० प्रतिशत पर्यटकको सख्या वृद्धि भएको हो । चितवनको भरतपुर, मेघौली, सौराहा, जगतपुरका होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।
नेपाली, युरोपियन, भारतीय पर्यटकको सख्या अहिले वृद्धि भएको छ । तर गएको वर्ष देखिएका चिनिया पर्यटक भने अहिले ज्यादै न्यून रहेको छ । यस समयमा गएको वर्ष धेरै सख्यामा चिनिया पर्यटक आउने गरेको भएपनि यस वर्ष भने चितवन नआएको मैनालीले बताउनुभयो । नेपालीहरूमा भरतपुर, सौराहाका होटलहरूमा वस्ने लुम्विनी जाने, वेलुका चितवनमा नै वास वस्ने, त्यस्तै गरी गैडाकोटको मौला कालिका मन्दिर, हेटौडाका पर्यटकीय स्थानहरूपनि हेर्न जाने गरी आउने पर्यटकको सख्या भेटिएको उहाले जानकारी दिनु भयो ।
त्यस्तै गरी चितवनको धेरै पर्यटकको आकर्षणको केन्द्र सौराहामा पनि आन्तरिक पर्यटकको सख्या अहिले वृद्धि भएको क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुमन घिमिरेले जानकारी दिनु भयो । दशै विदाको समय पारेर सौराहा आउने पर्यटकको सख्या वृद्धि भएको छ घिमिरेले भन्नुभयो यस्तो भीड थोरै समयको लागि हुने गर्दछ । तर पनि आन्तरिक पर्यटको सख्या वृद्धिले गर्दा सौराहाका होटल व्यवसायीहरू उत्साहित भएका छन् ।
सानादेखि ठूलो लगानी गरेको होटलहरूमा अहिले आन्तरिक पर्यटको सख्या वृद्धि भएको संघले जानकारी दिएको छ । सौराहा आउने पर्यटकहरू चितवन राष्टिय निकुञ्ज घुम्ने, हात्ती चढ्ने र फर्कनेहरूको सख्या धेरै भएको घिमिरेले बताउनु भयो ।
विदाको समय सकिए लगतै आन्तरिक पर्यटको सख्या घट्ने छ । मुग्लिनको बाटोले गर्दा अन्य समयमा नआएका पर्यटकहरू पारिवारिक भेटघाटको लागि चितवन आउदा सौराहा वसेर जाउ भन्नेहरूको सख्या वढेपछि यहाँ आउनेको सख्या वृद्धि भएको उहाले बताउनु भयो । अव पर्यटक को सिजन सुरु हुने भएकाले सुधारको संकेतका रुपमा व्यवसायीहरूले लिएका छन् ।
यसै गरी चितवनको पर्यटकीय स्थानहरूमा आन्तरिक पर्यटको सख्या वृद्धि भए जस्तै धौलागिरी अञ्चलका विभिन्न स्थानहरूमा अहिले आन्तरिक पर्यटकहरूको घुइचो लागेको छ । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङ, मुस्ताङ जाने पर्यटकको सख्या वृद्धि भएपछि वेनी बजारमा पर्यटकको भिड वढेको छ । मुक्तिनाथको दर्शनका लागि जानेहरूको सख्या वढेपछि वेनी बजारका होटलहरू अहिले भरिभराउ भएका छन् ।
मुक्तिनाथ जानको लागि अहिले उपयुक्त मौसम रहेको मानिन्छ । स्याउ फलेर लटरम्म हुने, दशै विदाको समय भएकाले आन्तरिक पर्यटको सख्या वढेको हो । वेनी बजारका होटलहरूमा अहिले वास पाउनको लागि ज्यादै मुस्किल हुने गरेको स्थानीय देवीरमण पौडेलले बताउनु भयो । मोटरसाइकल, साना निजी गाडी, भाडाका गाडीहरूमा मुक्तिनाथ जानेहरूको सख्या धेरै छन् उनी मध्य धेरै वेनीमा एक रात वास वसेर उकालो लाग्ने भएकाले यहा वास पाउनै मुस्किल भएको छ । थकाली होटलका सञ्चालक सुर्य शेरचनले भन्नु भयो अहिले सिजन हो त्यसैले वास वस्न आउनेहरूको सख्या वढेको छ । कोठा नपुगेर व्यवस्थापन गर्न ज्यादै मुस्किल छ उनले भने छिमेकीहरूको मद्दत लिनु परेको छ ।
मुक्तिनाथ दर्शन गरेर आउने, वेनी बजार, वाग्लुड कालिका दर्शन गर्न आउनेको सख्या पनि त्यतीकै वृद्धि भएको कारण सार्वजनिक सवारी साधनमा सिट पाउन मुस्किल भएको पर्यटकहरूले बताएका छन् । – शालिग्राम नेपाल,गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु