रसुवागढीको अस्तित्व संकटमा
काठमाडौ, ३० असोज । रसुवागढीमा झरेको सुख्खा पहिरोसँगै खसेको ढुङ्गाका कारण रसुवागढीको संरचना लोप हुने अवस्थामा पुगेको छ । पहिरोले ध्वस्त बनाएकोे एक बर्ष बितिसक्दा पनि गढीको संरक्षणमा कुनै पनि निकायले चासो नराख्दा नेपाल र चीनको सिमानामा रहेको रसुवाको ऐतिहासिक रसुवागढीको संरचना संरक्षण र पुनर्निर्माणको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
माथिबाट झरेका ठूला चट्टानले गढीका पुराना पर्खाल खोलामा मिसाएको छ भने सडकमा झरेको पहिरो पन्छाउँदाको ठुला चट्टानले चौरको वरपरको आकार नै परिवर्तन गराएको छ । विक्रम सम्बत १९१२ मा नेपाल र तिब्बतबीच भएको लडाईमा नेपालको सुरक्षाका लागि जंगबहादर राणाले उक्त गढी निर्माण गरेका हुन् ।