अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौँ, २ कात्तिक । भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सार्न अस्पताल कर्मचारीलाई मुस्किल भएको थियो । आगलागीपछि त्यहाँका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । मृत्यु हुनेमा बिरामीका साथै अस्पतालका केही कर्मचारीसमेत रहेका छन् । सातवटा दमकल र १ सय २० जना अग्नि नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको आगलागीले आफू निकै दुःखित भएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]