ओबामाद्वारा ट्रम्पलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी

२०७३ कार्तिक ३ गते, बुधबार

काठमाडौं, ३ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली हुने अभिब्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रपति ओबामाले अब आइन्दा गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका हुन् । चुनावको सामनामा गर्ने क्षमता नभएका कारण धाँधली हुने अभिब्यक्ति दिएको भन्दै ओबामाले ट्रम्प अप्रत्याशित उम्मेदवार भएको बताए । उनले आफ्ना लागि मत माग्ने काममा लाग्नसमेत ट्रम्पलाई सुझाव दिए । ट्रम्पले यसअघि हिलारी क्लिन्टनका लागि खुलेर धाँधली हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु