महिलाको वक्षस्थल छोएर भविष्यवाणी !

२०७३ कार्तिक ४ गते, बिहीबार

काठमाडौं, ४ कात्तिक । सामान्यतः भविष्य बताउनेहरुले हात, अनुहार वा निधार हेरेर मानिसको भविष्यका बारेमा जानकारी दिने गरेको त सुनिएकै र देखिएकै हो । तर, चीनमा एक अलग प्रकारको भविष्य बताउने ज्योतिष फेला परेका छन् । उनी हात, अनुहार वा निधार हेरेर होइन, बरु महिलाको वक्षस्थल छोएर भविष्य बताउने गर्दछन्।
युट्युबमा २५ सेप्टेम्बरमा एउटा भिडियो अपलोड गरिएको थियो । उक्त भिडियोमा एक जना व्यक्ति महिलाको छाती छोएर उनीहरुको भविष्य बताउँदै गरेको देखिएका छन् । युट्युबमा अपलोड गरिएको उक्त भिडियो इन्टरनेट प्रयोगकर्ताहरुले निकै रुचाएको पाइएको छ। उक्त भिडियो अपलोड भएको केही दिनमै दुई लाख बढीले हेरेका छन् ।
प्राप्त जानकारीअनुसार यो भिडियो चीनबाट अपलोड गरिएको हो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियोमा एक जना वृद्ध व्यक्ति महिलाको वक्षस्थल छोएर भविष्य बताउने दावी गरिरहेको छ। भिडियोमा स्पष्टसँग बैशासीसहितको वृद्ध पुरुष महिलाको कपडाभित्र हात हालेर उनलाई भविष्य बताइरहेको छ ।
भविष्य बताउने यो विचित्रको तरिका हेर्न वरपर मानिसको भिड पनि लागेको छ। भिडियोमा महिला भने निकै उदास देखिएकी छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]