मालिकलाई किस नगरे जागिर चट्

२०७३ कार्तिक ६ गते, शनिबार

काठमाडौं, ६ कात्तिक । चीनको एउटा कम्पनीमा महिला कर्मचारीलाई मालिकलाई किस गर्न दबाव दिने गरेको भिडियो सार्वजनिक भएको छ। बेइजिङस्थित यो कम्पनीमा हरेक दिन बिहान युवतीहरुलाई लाइन लगाएर आफ्नो बोसलाई किस गर्नुपर्ने नियम छ । यसो नगरेको खण्डमा उनीहरुले जागिर गुमाउनुपर्ने बाध्यता छ । कम्पनीले भने कम्पनीको वातावरण राम्रो बनाउने यस्तो परम्परा सुरु गरेको दावी गरेको छ । चिनियाँ सामाजिक सञ्जालमा यसको खुलेर विरोध भएको छ। कम्पनीमा दुई युवतीले बोसलाई किस गर्न अस्वीकार गर्दा उनीहरु राजीनामा दिन बाध्य भएका थिए । कम्पनीमा आधाभन्दा बढी कर्मचारी महिला रहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]