महाअभियोग समितिद्वारा कार्यविधि तयार

२०७३ कार्तिक ११ गते, बिहीबार

काठमाडौ, ११ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा सिफारिस गर्न सक्ने भएको छ । सिफारिस समिति अन्तर्गतको चार सदस्यीय कार्यदलले कार्यविधि बनाएर पूर्ण बैठकमा पेश गरेको छ । यस बिषयमा कार्यदलका संयोजक रामनारायण बिडारीले अनौपचारिक छलफल तर टुंगिन बाँकी भएको बताए । आगामी २५ गते संसद बैठक बस्नेछ । संसदमा सैद्धान्तिक छलफलपछि महाअभियोग प्रस्ताव समितिमा पठाइने छ । प्रस्तावित कार्यबिधि अनुसार सिफारिस समितिले अभियोग लगाएका व्यक्तिलाई उपस्थित हुन सात दिनको समय दिनेछ ।
सूचना नबुझेमा राष्ट्रियस्तरको सञ्चार माध्यममा सूचना प्रकाशित गरिनेछ र नआएमा कसुर सावित हुन्छ । छानविनपछि सिफारिस समितिले बहुमतमा आधारमा महाअभियोग सिफारिस गर्ने, नगर्ने निर्णय गर्न सक्ने छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिको पूर्व बैठक कात्तिक २६ गते बोलाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]