मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन
काठमाडौं , ११ कार्तिक । नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने तथा यस क्षेत्रमा क्रियाशील रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिहरूसँग समन्वय, संयोजन र सहकार्य गर्दै विविध गतिविधिलाई अगाडि बढाउने उद्देश्यबाट विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूको भेलाले प्रा. डा.खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा ६३ सदस्यीय मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेको छ ।सन्जालको वरिष्ठ उपाध्यक्ष भरतकुमार भट्टराई , उपाध्यक्षहरुमा प्रा.डा.कपिल लामिछाने, प्राज्ञ नरनाथ लुइटेल, डा.विजय सुब्बा, हरि अधिकारी रहेका छन् । यस्तै महासचिवमा डा . लक्ष्मणप्रसाद गौतम सचिवमा राधेश्याम लेकाली र सहसचिवमा ठाकुर बेलबासे रहेका छन् । सन्जालको कोषाध्यक्षमाडा.नारायणप्रसाद गैरे रहेका छन् ।
सदस्यहरूमा अमृतप्रसाद आचार्य (सुकुना) , डा.एकनारायण पौडेल (चितवन) , प्रा.डा.कुसुमाकर न्यौपाने (पोखरा), केशवराज पोखरेल (शिक्षाशास्त्र), केशव सिग्देल (कीर्तिपुर), प्रा.डा.गोपालप्रसाद शर्मा अधिकारी (नेपालगन्ज), टङ्क भट्टराई (पाल्पा), पदमप्रसाद निरौला (तेह्रथुम), भरत शर्मा गैरीपिप्ली (विराटनगर), भोलानाथ ओझा (जनमैत्री), प्रा.डा.भोला पोखरेल (धरान), यजुर्वेदानन्दप्रसाद भट्टराई (म्याङ्लुङ), प्रा.डा.राजेन्द्रप्रसाद पौडेल (शिक्षाशास्त्र), रामप्रसाद गुरागाईं (इलाम), प्रा.डा.रामप्रसाद भट्टराई (शिक्षाशास्त्र), प्रा.डा.विद्यानाथ कोइराला (काठमाडौँ), डा.विश्वम्भरकुमार शर्मा (वीरगन्ज), डा।शैलेन्दुप्रकाश नेपाल (पद्मकन्या), यस्तै होम सुवेदी (मेची) अमरराज ढकाल (धरान), डा।भागवत ढकाल (वाल्मीकि), डा.मतिप्रसाद ढकाल (गैंडाकोट), डा.माधवप्रसाद पाण्डे (वाल्मीकि) यस्तै खोपीराम लम्साल (सुर्खेत), वासुदेव पाण्डे (सुर्खेत) बुँद राना, भाउपन्थी, डा.रामदयाल राकेश रहेका छन् ।
यस्तै अशोक सुवेदी, किशोर पहाडी, घिमिरे मैदेली, छविरमण सिलवाल, दिव्य गिरी, नरेन्द्रराज पौडेल, प्रतीक ढकाल, महेन्द्रकुमार मिश्र, राजेन्द्र विमल, श्रीओम श्रेष्ठ रोदन , अखण्ड भण्डारी, गोपीकृष्ण ढुङ्गाना, घनेन्द्र ओझा, घमराज लुइटेल, ध्रुवहरि अधिकारी, मोहन दाहाल यस्तै रामेश्वर राउत मातृदास, स्वागत नेपाल रहेका छन् । विदेशबाट पदम विश्वकर्मा (अमेरिका), डा.गोविन्दसिंह रावत (क्यानडा), कृष्ण बजगाईं ९बेलायत०, गणेश घिमिरे (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), निशा अर्याल (इजरायल), डा.टेकनारायण उपाध्याय (भारत)रहेका छन् ।
सन्जालले सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा प्रा.डा.देवीप्रसाद गौतम (प्रमुख, अध्यक्ष, नेपाली विषय समिति), मोदनाथ प्रश्रित (पूर्व शिक्षामन्त्री), डा उपेन्द्र देवकोटा (पूर्वमन्त्री), सूर्यनाथ उपाध्याय (पूर्वप्रमुख, अदुअआ), सरुभक्त (कुलपति, नेसनाप्र), डा।तारानाथ शर्मा ९वरिष्ठ साहित्यकार०, डा।ध्रुवचन्द्र गौतम (पूर्व सदस्यसचिव, नेप्रप), सनत रेग्मी (पूर्व सदस्यसचिव, नेप्रप), डा.बेञ्जु शर्मा (पूर्व प्राज्ञ सदस्य), प्रा.डा.रामचन्द्र लम्साल (पूर्व अध्यक्ष, शिक्षा नेपाली विषय समिति), प्रा.डा.पारसमणि भण्डारी (अध्यक्ष, शिक्षा नेपाली विषय समिति)रहेका छन् ।
सञ्जालले निकट भविष्यमा नै आम सरोकारवाला भाषिक प्रयोक्ताको बृहत् भेला आयोजना गरी नेपाली भाषामा देखापरेका अराजकता र अव्यवस्थाको अन्त्यका लागि विभिन्न कार्यक्रमहरू तय गर्ने अध्यक्ष लुईटेलले बताए । नेपाली भाषालाई माया गर्ने विभिन्न व्यक्ति र सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समेत समावेश गरी यस सञ्जाललाई अझ विस्तार गर्दै लगिने उनले बताएका छन् ।