लुटेराको कुटपिटबाट महिलाको मृत्यु

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौं, १२ कात्तिक । रुपन्देही देबदह–२ ढेकार स्थित हजुरियाटोल बस्ने २२ बर्षीया नमकला पाण्डेको लुटेराहरुको कुटपिटबाट मृत्यु भएको छ । घरको आफ्नै कोठामा २ महिनाको छोरी सहित सुतिरहेको अवस्थामा अपरीचित ब्यक्तिहरुले उनलाई कुटपिट गरी लगाएको २ थान सिक्री, ४ वटा टप, मंगलसुत्र थान १, औठी ३ थगान गरी अंदाजी ५ तोला बराबरको सुनको गरगहना लुटेर भागेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु