भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा विदा दिनु : सामन्ती संस्कृतिको उपज – हस्तवहादुर केसी

२०७३ कार्तिक १३ गते, शनिबार

यही २०७३ साल कार्तिक १७ भारतका राष्ट्रपति प्रणव मुखर्जी ३ दिने भ्रमणका लागि नेपाल आउँदै छन् । कार्तिक १७ गते सरकारले विदाको घोषणा गरेको छ । विदेशी राष्ट्र प्रमुखले राजकीय भ्रमण गर्दा सरकारी विदा दिने संस्कृत सामन्ती – राजावादी संस्कृती हो । नेपालका राजा- महाराजाहरुले नेपालमा विदेशी राष्ट्रप्रमुखले राजकीय भ्रमण गर्ने वेला सरकारी विदा दिने प्रचलन र संस्कृतिको विकास गर्दै आएका थिए । ठूलालाई मान्ने पूजा गर्ने संस्कृति भनेको सामन्ती संस्कृति हो । सामन्ती संस्कृति भनेको पछौटे , पुरातन ,अलौकिक, कल्पनामा आधारित ढोँगी संस्कृति हो ।
सामन्ती संस्कृति भनेको जन्म ,पुनर्जन्म मा आधारित संस्कृति हो । सामन्तवादी राजतन्त्र ले आफ्नो सामन्ती राजसत्ता टिकाउनका लागि सामन्तवादी कला,साहित्य र धर्म – संस्कृतिको विकास गरेका थिए । सामन्ती राजसत्ताको गुणगान गाउने ब्राह्मण ,पुरेत ,कवि,साहित्यकार आदिको विकास गरेका थिए र अाज पनि सामन्ती संस्कृति मानव समाजमा जीवितै छ ।
कला,साहित्य ,धर्म ,संस्कृति वर्गीय हुने भएकाले सामन्ती राजतन्त्रले सामन्ती ,कला ,साहित्य ,धर्म ,संस्कृतिको बढो मिहिनेतका संरक्षण ,प्रवन्धन गर्दै आएको थियोे र अहिले पनि गरिरहेको छ ।
कम्युनिस्ट सिध्दान्तले अर्थात् माकर्सवादले सामन्तवादी तथा पुँजिवादी कला ,साहित्य र धर्म -संस्कृतिको विरोध गर्दछ र जनवादी एवम् साम्यवादी कला ,साहित्य र संस्कृतिको पक्षपोषण गर्दछ ।
कम्युनिस्ट पार्टीहरूले पनि सामन्तवादी कला ,साहित्य र संस्कृतिको विरोध गर्दछन् । कम्युनिस्ट नेताहरूले पनि सामन्तवादी कला ,साहित्य र संस्कृतिको विरोध गर्दै आएका छन् । कम्युनिस्टहरुले जनवादी एवम् साम्यवादी कला ,संस्कृतिको पक्षपोषण र जीवन व्यवहारमा लागु गर्दै आएका छन् । नेपालमा स्थापनाकालदेखि बाटै कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्टहरुले जनवादी कला ,संस्कृति र साहित्यको पक्षपोषण एवम् जीवन व्यवहारमा क्रियान्वयन गर्दै अहिले नामधारी कम्युनिस्ट जो प्रतिक्रियावादी सत्तामा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेकी विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति मुखर्जीले यही २०७३ कार्तिक १७ गतेदेखि १९ गतेसम्म नेपालको राजकीय भ्रमण गर्ने क्रममा १७ गते नेपाल आइपुग्ने दिन नेपाल सरकारले १ दिन विदा दिने जुन घोषणा गरेका छझ ,यो नितान्त उनिहरुमा कायम रहेको सामन्ती संस्कार र संस्कृतिको उपज हो । उनलाई भव्य रुपमा स्वागत गर्नु राम्रो कुरा तर स्वागतका निहुँ पारेर सरकारी विदा नै दिनु विगतमा नेपालका राजाहरुले विदेशी राष्ट्र प्रमुखले नेपालको राजकीय भ्रमण गर्ने वेला विदा दिने गरेका थिए उनिहरुकै निरन्तरता का रुपमा विद्या देवी भण्डारी र पुष्पकमल दाहालले नेपालमा भारतीय राष्ट्रपति आउदाका विदा दिने घोषणा गरेका छन् ।
यसले के दर्शाउँछ भने विद्या देवी भण्डारी र पुष्पकमल दाहालले आफूहरुलाई नेपालको राजा रानी भएको महसुस गरि रहेका छन् । विद्या देवी भण्डारी र पुष्पकमल दाहाल यि दुबै जनामा रहेको सामन्ती संस्कृति र संस्कारको कुरुप उपज हो यो ।
– लेखक : नेकपा ( क्रान्तिकारी माओवादी )का केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु