महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइदै

२०७३ कार्तिक १४ गते, आईतवार

काठमाडौं, १४ कात्तिक। आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती, विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।
दश वर्षको उमेरबाट साहित्य रचना लेखन थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र समाज सुधारका भाव पाइन्छन् ।
देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने अलौकिक क्षमता देवकोटासँग थियो । उनको खण्डकाव्य मुनामदन त नेपालमा धेरै बिक्री हुने साहित्यिक कृतिमा पर्दछ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, प्रमिथस, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रह्लादलगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्डकाव्य छन् । उनका ६ सय ४४ फुटकर कविता भेटिएका छन् । यस्तै दुईवटा निबन्ध संग्रह, एउटा उपन्यास उनले रचना गरेका छन् । महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार