मधेसी मोर्चासग औपचारिक वार्ता हुदै

२०७३ कार्तिक १४ गते, आईतवार

काठमाडौ, १४ कात्तिक । सत्तासिन दल र मधेसी मोर्चाबीच आज औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनका विषयमा हिजो भएको अनौपचारिक छलफल सकारात्मक भएपछि आज औपचारीक वार्ता गरेर संशोधनको मस्यौदा तयार गर्ने तयारी छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीचको बैठक आज साँझ ४ बजे बोलाइएको छ ।
आजको औपचारिक बैठकले मस्यौदा तयार गरेपछि प्रमुख प्रतिपक्षी दलसँग छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बताउनु भएको थियो । संविधानभित्रका विषयहरू सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभालगायतका विषयमा कांग्रेस र मधेसी मोर्चासँगको अनौपचारिक छलफल सहमति नजिक पुगेको प्रधानमन्त्रीले बताउनु भएको छ ।
मुख्य चारवटा विषयमा छलफल भइरहेको छ । सीमांकनलाई पनि सात प्रदेशभित्रै फेरबेदल गर्ने तयारी छ । संविधान संशोधनका लागि सीमांकन, भाषा, राष्ट्रिय सभा तथा नागरिकताको विषयमा भइरहेको छलफल सकारात्मक भएको सरकारी पक्षले बताएको छ । मधेसी मोर्चाले पनि आजको वार्ता निर्णायक बनाउने प्रयास गरिने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]