मतदाता नामावली अद्यावधिक गर्न आग्रह
काठमाडौ, १४ कात्तिक । निर्वाचन आयोगले आउँदो निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलि अद्यावद्यिक तथा नयाँ बनाउन मतदाताहरुलाई आग्रह गरेको छ । आउँदो चैतमा स्थानीय तहको निर्वाचन र २०७३ माघसम्ममा बाँकी २ तहकै निर्वाचन गर्नुपर्ने भएकाले फोटो सहितको मतदाता नामावलिमा आफ्नो नाम तयार पार्न आयोगले मतदातालाई आग्रह गरेको हो । आयोगका प्रवक्ता सुर्य शर्माले आउँदो २६ गते देखि नामावलि संकलनका लागि घुम्ती सेवा खटाउन लागेको बताए । उनले त्यसभन्दा भन्दा अगाडी पनि जिल्ला निर्वाचन कार्यालयमा जुन कुनै दिन पनि नामावलि टिपाउन सकिने बताए । प्रवक्ता शर्माले सम्बन्धित स्थानमा नै आयोग आउने तयारी गरेकाले तयार रहन पनि आग्रह गरे ।