‘ संविधान संशोधन मार्फत सबैको मागको सम्बोधन हुन्छ ‘
काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर विभिन्न समूहका माग सम्बोधन गर्ने बताएका छन । उनले मधेशी, थारुलगायतका समुदायका मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी भईरहेको समेत बताएका छन् । नेपाल सम्वतको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सो अवसरमा उनले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिन र शंखधर शाख्वाको नाममा संग्रहालय बनाउन लागि पनि आफूले पहल गर्ने बताएका हुन् । कार्यक्रम अघि नेवार समुदायले राजधानीका विभिन्न स्थानबाट निकालेका-यालीहरु बसन्तपुर पुगेका थिए ।