आउँदै छन् दलालका महाप्रभु – हस्तवहादुर केसी

आउँदै छन् आज
दलालहरुका महाप्रभू
भारतीय मालिक मुखर्जी
आफ्ना शिष्यहरुलाई भेट्न नेपालमा
के ल्याउछन् सन्देश ? उनलेे
के दिन्छन् नासो ? उनले
आफ्ना दलालहरुलाई
आएर दिए पछि थाह होला
हुन मावली भारतीय शासकहरु
नेपालका भ्रष्ट कंगाल
भाञ्जा भाञ्जीहरुका
आयो सन्देश भारतबाट
ठूला मामा आउँदै छन् भन्ने
निकै हौसिए नेपालका
भुरा भूरी भाञ्ज भाञ्जीहरु
नयाँ चाचा नाना
मामफुली भेली- मिठाइँ
खान पाइन्छ भनेर
गरे नेपालमा मुखर्जिका भाञ्जा-भाञ्जीहरुले
निकै तामझाम सरसफाई ध्वजा- पतका
दियो सरकारले सार्वजनिक विदा
राजा त्रिभुवनलाई बिर्साउने गरि
मुलुकलाई बन्दकिमा राखेर
गर्यो सरकारले यातायात बन्द
जनतालाई सास्ती दिलाउँदै
दलालीको पनि हद हुन्छ
चाकडीको पनि हद हुन्छ
च्यापलुसिको पनि हद हुन्छ
हरेक चिजको सिमा र हद हुन्छ
नदी-नाला सबै
बुझाई सकेका आफ्ना मामालाई
एक जोर नयाँ नाना चाचा
लाउनका निम्ति
एक दिन मुखभरि
भेली मिठाइँ चक्लेट खान निम्ति
नेपालका भ्रष्ट कंगाल भाञ्जा-भाञ्जीहरु
चारो पाउन खोरमा
आमा पर्खेर
मुख बाउदै
आँ गरेर च्याऊँच्याऊँ
गरिरहेका चल्लाहरुझै गरेर